प्रभु बैकले महिला ट्रेकिङ उद्यमीलाई सहुलियतपूर्ण कर्जा बितरण गरेको छ । बैकका अनुसार आईडिया स्टुडियो नेपालसंगको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउपालिका, वडा नम्बर ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिएको हो ।
बैकका अनुसार बुधबार एक कार्यक्रकाबिच बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ उद्यमीलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेकाहुन । यो कर्जाले कोभिड १९ को मारमा परेको ट्रेकिङ व्यवसाय र नियमित आय आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ उद्यमीलाई ट्रेकिङका लागि चाहिने बन्दोबस्तीका समानको जोहो गरी आफ्नो उद्यम व्यवसायलाई पूनः सूचारु गर्दै जीवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बिश्वास बैंकले लिएको छ ।