सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

थप्पड र जुत्ताको झटारो भेटेका प्रचण्डलाई पूर्वलडाकुबाटै खतरा

बिहिबार, फाल्गुन ६ २०७७

काठमाडौं । तत्कालिन माओवादीको सुप्रिमोको शैलीमा नै पुष्पकमल दाहाल प्रचण्ड आजभोली पूर्वजनमुक्ति सेनाले सुरक्षा दिन थालेको छ।

प्रकाश पाण्डे उर्फ प्रलोकले अगुवा गाडीको नेतृत्व गर्छन् भने सन्तु दराई उर्फ परवानाले घरमा रहेका आधा दर्जनको नेतृत्व। कतिपयले यी दुवै जनाको सुरक्षालालाई चाकरीको संज्ञा दिएका छन्।

माओवादी छिन्नभिन्न पारेका प्रचण्डका कारण हज्जारौं पूर्वलडाकुले दुख पाएको गुनासो र आक्रमण भइरहेका बेला यस्तो चाकरी सुरक्षाको काम नरहेको माओवादीका नेताहरूले नै बताएका छन्।

त्यसो त नेकपाभित्रको विवादका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका सुरक्षा फिर्ताको निर्णयको मारमा प्रचण्ड परेको भन्दै यस्तो चाकरी सुरक्षा सुरु भएको बताइएको छ। 

प्रचण्डलाई सबक सिकाउनका लागि नै ओली प्रशासनले यस्तो निर्णय लिएको कतिपयको दाबी छ। तर सुरक्षाकर्मीको अनावश्यक प्रयोग गरिएको भन्दै प्रचण्डको मात्र नभई पूर्वप्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको घरमा खटिएकालाई फिर्ता बोलाइएको थियो। 

‘प्रचण्डले त सरकारको नियमविपरित ५९ जना सुरक्षाकर्मी राखेका थिए। उनलाई त्यत्रो संख्यामा किन चाहियो? उनले माओवादी आन्दोलनका नाममा धेरैलाई दुख दिएका कारणले असुरक्षित छन्, अरुबाट असुरक्षा छैन’, पूर्वमाओवादी नेता भन्छन्,‘यसैकारण पनि उनी अत्तालिएर त्यत्रो राखेका थिए।  उनका चाकरी गर्ने रामप्रसाद सापकोटा दिपशिखालगायतको यो नाटकीय सुरक्षा हो।’

हुन पनि प्रचण्डलाई अरुबाट भन्दा आफ्नै कार्यकर्ताबाट बढी खतरा रहेका कतिपय उदाहरण छन्। दुनियाँको विल्लिबाठ बनाएको भन्दै पूर्वलडाकु पदम कुँवरले केही बर्ष अघि किर्तिपुरमा उनलाई चड्कन लगाएका थिए।

त्यति मात्र होइन, प्रचण्डलाई सबक सिकाउने भनी दोस्रो संविधानसभा चुनावमा त उनीविरुद्ध उम्मेदवारी नै दिएका थिए।  प्रचण्डमाथि आक्रमणको अर्को उदाहरण हालै मात्र देखिएको थियो।

भरतमोहन अधिकारी फाउन्डेशनको कार्यक्रममा सम्बोधन गरेका बेला सहिद परिवारका रतन तिरुवा नामका व्यक्तिले उनीमाथि जुत्ता प्रहार गरे। जुत्ताले उनलाई त लागेन तर त्यो आक्रोश द ेखा परेको थियो। 

‘प्रचण्डले कतै पनि चैन दिएका छैनन्। अहिले पनि कतिपय पूर्वलडाकुले उनको साथ छाडी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने त सामूहिक निर्णय नै गरिसके’, स्रोतले भन्यो,‘कालीबहादुर खाम जस्ता उनका भरपर्दा मानिस पनि उनीसँग रहेका छ्रैनन्।’

पूर्वलडाकुबाटै प्रचण्डलाई जोगिनका लागि अहिले अनेकथरी नाटकीय सुरक्षाको कुरा गरिएको हो। अन्यथा उनलाई कतैबाट पनि खतरा नभएको बताइन्छ।

अब त क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको रकमको खोजी पूर्वमाओवादी नेताबाट नै हुन थालेपछि अझ सकसमा परिन्छ भनेर प्रचण्डले नीजि रकम खर्च गरी पूर्ववाइसीएल र लडाकुको सुरक्षा रोजेको बताइन्छ।