आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा

बिहिबार, फाल्गुन ६ २०७७

काठमाडौं । नेपाल बैंकले राष्ट्रिय बीमा कम्पनीमा पनि एक्सटेन्सन काउन्टर खोलेको छ ।

बूधबारका दिन नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबिच उक्त कम्पनीका ग्राहकहरुबाट प्राप्त हुुने प्रिमियम रकम संकलन गर्ने उद्ेश्यले राष्ट्रिय बीमा कम्पनी र नेपाल बैंकबिच एक्सटेन्सन काउन्टर सञ्चालन गर्ने सम्झौता भएको हो ।  

साथै कम्पनीमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहूलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र कम्पनीकातर्फबाट प्रमूख कार्यकारी अधिकृत डा. डिल्लीराज आचार्यले हस्ताक्षर गरेका हुुन । 

बैकको हाल देशभर दुुई सय चार वटा शाखा, ४१ वटा एक्स्टेन्सन काउण्टर, एक  सय ४३ वटा एटिएम तथा अन्य बिभिन्न बिद्युतिय÷डिजिलट माध्यमहरुबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।