आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एनएमबी बैंकको सीईओमा पुनः केसी नियुक्त,  थप उचाई लिने बिश्वास

बिहिबार, फाल्गुन ६ २०७७

काठमाडौं । एनएमबी बैकको प्रमुुख कार्र्यकारी अधिकृतको पदमा पुुन सुनिल के.सी नियुक्त भएकाछन ।

बैंक सञ्चालक सहितीको यही फागुुन पाँच गते बसेको चार सय १५ औं बैठकले बैंकमा हाल कार्यरत प्रमुुख कार्यकारी अधिकृत सुनिल के.सी को कार्यकाल २०७७ फागुुन मसान्तसम्म रहेकाले २०७७ चैत्र एक गते देखि नै लागुु हुुने गरी दोस्रो कार्यकाल अर्थात आगामी चार बर्षको लागि केसीलाई प्रमुख कार्यकारीमा पुुर्ननियुुक्त गर्ने निर्णय गरेको हो । 

नेपाली बैंैकिङ क्षेत्रमा निकै नै कुुशल व्यवस्थापकीय क्षमता भएका मानिने केसी कै कारण एनएमबी बैकले अन्य बैंकको तुुलनामा निकै नै अव्वल बन्दै गएको छ ।

बैंकले चालु आर्थिक वर्षको छ महिना अर्थात दोस्रो त्रैमासमा एक अर्ब ६१ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरणयोग्य नाफा एक अर्ब ५१ करोड रहेको बैकले जानकारी दिएको छ ।  

चालुु आवको दोश्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप एक खर्ब ४९ अर्ब र कूल कर्जा सापट एक खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकले चालुु आवको छ महिना भित्रमा निक्षेपमा १४ अर्ब ६१ करोड र कर्जा तथा सापटमा २१ अर्ब ८८ करोड रुपैयाँले वृद्घि गर्न सफल भएको छ ।

यस बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ तीन दसमलव ८६ प्रतिसतबाट वृद्घि भई तीन दसमलव ९५ प्रतिसत र कर्जा तर्फ चार दसमलव १९ प्रतिसतबाट वृद्घि भई चार दसमलव ४३ प्रतिसत पौष मसान्त सम्ममा पुगेको छ ।

त्यसैगरी, निक्षेपमा भएको वृद्घिमा बचतनिक्षेपको हिस्सा ६५ प्रतिसत रहेको छ । कर्जा तथा सापट वृद्घि हुनुमा मुख्यतः कृषि, उर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको छ ।

बैंकले पौष मसान्त सम्ममा कूल तीन हजार दुुई सय ३७ जना ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । 

चालुु आवको पौष मसान्त सम्ममा बैंकको पूंजी कोष अनुपात १३ दसमलव ६८ प्रतिसत रहेको छ भने निष्किृय कर्जाको अनुपात दुुई दसमलव ३८ प्रतिसत रहेको छ ।  

एनएमबि बैंक विगत चार वर्षमा तीन पटक “द बैंक अफ दि इयर” बाट सम्मानित भएको छ ।

विश्व बैंक अन्तर्गत रहेको आईएफसी बाट दोश्रो पटक पुनः अमेरिकी डलर दुुई करोड ५० लाख कर्जाको लागि समझदारी गरिसकेको छ । 

नेपालमै उक्त संस्थाबाट दुई वर्षमा लगातार कर्जा लिने यो एक मात्र बैंक हो । यस बैंकले गत वर्ष र यस वर्ष गरि दुई वटा विकास बैंकहरुलाई मर्ज तथा प्राप्ती गरि आफ्नो पहुँचलाई विस्तार गरेको छ ।

बैंकले देश भरीमा एक सय ८० वटा शाखा, नौ वटा एक्सटेन्सन काउन्टर र एक सय ३५ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । 
 

उनको पदावधि ४ वर्षको हुनेछ।