बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपाली सेनाको स्टाफ कलेजमा तालिमरत अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण

बिहिबार, फाल्गुन ६ २०७७

काठमाडौ, नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा तालिमरत सि.सं. २७ का ६९ जना अधिकृतहरूबाट प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ । सो क्रममा उहाँहरूले प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टर, केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब र सङ्ग्राहलय समेतको अवलोकन गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तालिमरत अधिकृतहरूले प्रहरी प्रधान कार्यालय भ्रमण गरेकोमा खुसी व्यक्त गर्नुभयो । भ्रमणका क्रममा अधिकृतहरूले प्रहरी प्रधान कार्यालयभित्र आवश्यक जानकारी प्राप्त गरेको विश्वास उहाँले व्यक्त गर्नुभयो । सबै सुरक्षा निकायबीच आपसी सहयोग र समन्वय हुनुपर्नेमा जोड दिँदै उहाँले यसबाट शान्ति सुरक्षा एवं विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सकेको बताउनुभयो । 
उक्त अवसरमा प्रहरी उपरीक्षक सविन प्रधानले नेपाल प्रहरीको काम, कर्तव्य र वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । 
भ्रमण टोलीमा वंगलादेश, श्रीलंका, बेलायत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नाइजेरिया, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागबाट ११ जना र नेपाली सेनाबाट ६० जना गरी जम्मा ६९ जना अधिकृतहरू सहभागी रहेका थिए ।