बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेशनल माइक्रोफाइनान्सले डाक्यो वार्षिक साधारणसभा

बुधबार, फाल्गुन ५ २०७७

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा डाकेको छ। 

संस्थाको गत फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ५ गते आयोजना गर्ने निर्णय गरेको हो।

सभा धादिङको धादिङबेसीस्थित क्रिक रिसोर्टमा बिहान १० बजेदेखि सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि संस्थाले प्रस्ताव गरेको कुल २७ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ।

जसमा २१ प्रतिशत बोनस सेयर र बाँकी ६ प्रतिशत नगद लाभांश  रहेका छन्। 

सोही सभाले उपयुक्त लघुवित्त संस्थालाई प्राप्ति गर्ने वा आपसमा गाभिने सम्बन्धमा आवश्यक सम्पूर्ण कामकारबाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही फागुन १४ गतेदेखि आउँदो चैत ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ फागुन १३ गतेसम्म कायम सेयरधनीहरुमात्र संस्थाले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।