काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट नियन्त्रित लागूऔषध २ सय ९९ एम्पुल नुर्फिन, २ सय ९९ एम्पुल डाईजेपाम र २ सय ९९ एम्पुल प्रोमिथाजिन सहित बारा पर्सौनी गाउँपालिका ३ बस्ने २२ वर्षीय राकेश पटेललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बीरगजंबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७१७८ को टाटा सुमोलाई जाँच गर्नेक्रममा सुमोमा सवार राकेशलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको महानगरपालिका १४ बल्खु चोकबाट नियन्त्रित लागूऔषध ३६ एम्पुल फेनारगन सहित सोही ठाउँ बस्ने पर्सा बीरगंन्ज महानगरपालिका २ घर भएका ४० वर्षीय राजु मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।