शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा संस्थानमा

सोमबार, फाल्गुन ३ २०७७

काठमाडौं । नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानमा पनि एक्सटेन्सन काउन्टर खोलेको छ । 

बैंकले यही माघ २९ गते बिहिबार राष्ट्रिय बीमा संस्थानहरुबाट प्राप्त हुुने प्रिमियम रकम संकलन गर्ने उद्ेश्यले बीमा संस्थानमा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन नकाउन्टर संचालन हूने सम्झौता भएको छ ।

साथै संस्थानमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहूलियत दरमा बिनाधितो कर्जा पनिउपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र संस्थानकातर्फबा६ प्रमूख प्रशासक कविराज पाठकले हस्ताक्षर गरेकाछन ।

बैकले देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा अन्य बिभिन्न बिद्युतिय तथा डिजिलट माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।