बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

थलिएका ब्यवसायीलाई राष्ट्र बैंकले थप ६ महिना सहुलियत दियो, अहिलेसम्मको ५% मात्रै ब्याज तिरे हुने

सोमबार, फाल्गुन ३ २०७७

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीबाट प्रभावित भएका व्यवसायीलाई लक्षित गरेर यो असार सम्म कोहि व्यवसायीले लिखित कार्ययोजना पास गरेमा कर्जाको पुनरसंरचना गरिदिने व्यस्था गरेको छ ।  

सोमबार मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै राष्ट्र बैंकले त्यस्ता समस्यामा परेका व्यवसायीलाई कर्जा पुनरसंरचना गर्दा १० प्रतिशत  अनिबार्य रुपमा  ब्याज तिर्नुपर्न व्यस्थलाई संसोधन गर्दे ५ प्रतिशतमा झारेको छ ।

 यसअघि गत पुससम्म सक्रिय बर्गमा रहेको कर्जालाई लिखित कार्ययोजना पास गरेमा पुनरसंरचना गरिदिने अर्थात ब्याजलाई पनि सावा ऋणमा गाभेर  नयाँ ब्याज तिर्ने कार्यतालिका बनाउने व्यवस्था गरिएको थियो ।

तर कैयन पर्यटन क्षेत्रका व्यसायीले १० प्रतिशत  ब्याज तिरेर पनि कर्जा पुसरसंरचना गर्न नसकेपछि राष्ट्र बैंकले यसअघिको नीतिगत व्यवस्था संसोधन गर्नुपरेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

त्यस्तै क्यु आर कोडको प्रयोगलाई ब्यापकता बनाउन केहि नीतिगत सहजताको व्यवस्था गरिने पनि राष्ट्र बैंकले संकेत गरेको छ ।

१० मेगावाट भन्दा कमका जलविद्युत आयोजनामा पुर्नकर्जा केन्द्रित गर्नका लागि पनि केहि नीतिगत व्यवस्था गर्ने राष्ट्र बैंकले बताएको छ ।

तर  सेयर कर्जा तथा अन्य कर्जामा दिदै आएका सिमामा  भने कुनै संसोधन नगरिएको र यथावनै राखेको राष्ट्र बैंकले प्रष्ट पारेको छ ।