आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कुमारी बैंक तथा टाइटन जिम एन्ड फिटनेसबीच सम्झौता

आइतबार, फाल्गुन २ २०७७

काठमाडौं । कुमारी बैंक तथा टाइटन जिम एन्ड फिटनेसबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न क्रियाकलापमा विभिन्न सहुलियत दिने उद्देश्यमा अग्रसर कुमारी बैंक लिमिटेडले टाइटन जिम एन्ड फिटनेस सेन्टरसँग सम्झौता गरी आफ्ना सेवाग्राहीहरूलाई विभिन्न सुविधा उपलब्ध गराउने प्रावधान गरेको छ । 
यो सम्झौता अन्तर्गत् कुमारी बैंकमा खातावाल सेवाग्राहीहरूले टाइटन जिम एन्ड फिटनेसको मासिक सदस्यतामा पाँच प्रतिसत, त्रैमासिक सदस्यतामा १० प्रतिसत, अर्धवार्षिक सदस्यतामा १५ प्रतिसत तथा वार्षिक सदस्यतामा ३० प्रतिसत छुट प्राप्त गर्ने प्रावधान रहेको छ ।
बैकका सेवाग्राहीहरूले कुमारीपाटीस्थित टाइटन जिम एन्ड फिटनेस सेन्टरमा सदस्यता लिई यो सुविधाबाट लाभ लिन सक्नेछन । बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामीदिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।