आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

महालक्ष्मी विकास बैंकबाट विदा भए सीईओ शर्मा, कामु सीईओमा लम्साल नियुक्त

आइतबार, फाल्गुन २ २०७७

काठमाडौं । महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृत पदमा दिपेश लम्साल नियुक्त भएका छन् । डेपुटी सीईओ रहेका लम्साललाई बैंक संचालक समिति बैठकले आज आइतबारदेखी लागु हुनेगरी कामु सीईओको समेत जिम्मेवारी तोकेको थियो ।

कम्पनीको कामु सीईओ रहेका सागर शर्मा विदा भएका छन । गत साउन ४ गते सीईओ कृष्णराज लामिछानेले राजिनामा दिएपछि शर्मा कामु सीईओको रुपमा काम गर्दै आएका थिए ।

बैंक सञ्चालक समितिको विहीबार बसेको बैठकले आइतबारदेखी लागु हुने गरी लम्साललाई कामु कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकको अर्को डेपुटी सीईओ ध्रुवराज तिवारी रहेका छन । लम्साल बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा रुपमा नियुक्त भएका छन ।

संचाकल समितिमा विवाद भएपछि पुर्व सीईओ लामिछानेले राजिनामा दिएका थिए ।

कामु सीईओ रहेका सागर शर्मालाई बैंक संचालक समितिले हटाएको छ । शर्माले बैंकलाई खासै उभो लगाउन नसकेको उनकै कार्यकालमा सुनकाण्ड घटेको लगायतको आरोप लगाइएको छ ।

शर्मा यसअघि पनि कामु सीईओ भएर बैंकलाई नेतृत्व दिइसकेका व्यक्ति हुन । उनकै कार्यकालमा बैंकको एनपिएल १२ प्रतिसत पुगेको तर लुकाएर व्यालेन्ससिटमा ४ प्रतिसतमात्रै निकालिएको छ ।