काठमाडौं, २८ माघ म्याग्दी, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत दार्जिलिङ
घर भई हाल म्याग्दी मालिका गाउँपालिका-६ दर्वाङ ईङ्लिस बोर्डिङ स्कुलको शिक्षक ५५ वर्षीय प्रकाश क्षेत्रीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
क्षेत्रीले ती बालिकालाई गत बिहीबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । तनहुँ, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका-१ स्थित बस्ने थाकखोला होटलका संचालक ३८ वर्षीय प्रकाश थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।