बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यस कारण सनराइज बैंकका सीईओ पौडेलले दिए राजीनामा

मंगलबार, माघ २७ २०७७

काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले राजीनामा दिएका छन्।

चार वर्षे कार्यकालका लागि नियुक्त भए पनि पौडेलले नियुक्तिको १९ महिनामै राजीनामा दिएका हुन्।

बैंकको आन्तरिक विवादका कारण सीईओ पौडेलले राजीनामा दिएको स्रोतको दाबी छ।

उनी ०७६ असार २९ मा सीईओमा नियुक्त भएका थिए। यसैबीच, सनराइज बैंकले सोमबार आरती राज्यलक्ष्मी राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ।