बाँके,
जानकी गाउँपालिका ६ भाटनपुरस्थित नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय भाटनपुरको ट्रस बनाउने फलामका खम्बा र पाईपहरु गरी करिब ३ लाख बराबरको धनमाल चोरी गरेको अभियोगमा जानकी गाउँपालिका ६ बस्ने २१ वर्षीय निरज बर्णवाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गनापुर बाँकेबाट खटिएको प्रहरीले नेपालगंज उपमहानगरपालका २० मनिकापुरस्थित सडकमा ३ ओटा अटोमा लैजाँदै गरेको अवस्थामा उक्त सामान सहित फेला पारी निरजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।