बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ  

मंगलबार, माघ २७ २०७७

झापा, 
मेचीनगर नगरपालिका ७ गौरीगाउँबाट २ ग्राम अबैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका ६ मिनीमार्केट बस्ने २४ वर्षीय सुरज खडकालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।