बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कोभिड १९ का कारण निर्यातमा सुधार राष्ट्र बैंक, भन्छ, छ महिनामा ६० अर्बको सामान निर्यात

मंगलबार, माघ २७ २०७७

काठमाडौ,  कोभिड १९ कै कारण निर्यात बढेको छ ।  नेपाल राष्ट्र बैकले आज सोमबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी छ महिनाको प्रतिवेदन अनुसारकुल वस्तु निर्यात छ दसमलव एक प्रतिशतले बढेर ६० अर्ब ८० करोड पुगेको छ ।  
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६ दसमलव एक प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः आठ दसमलव चार प्रतिशत र चार प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा पाँच प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, पश्मिना, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ  । चालु आवमको छ कुल वस्तु आयात चार दमालव आठ प्रतिशतले घटेर छ खर्ब ६१ अर्ब २५ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात चार प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात तीन दसमलव पाँच प्रतिशतले वृद्धि भएको छ भने चीनतथा अन्य मुलुकबाट भएको आयातमाक्रमशः १८ दसमलव पाँच प्रतिशत र १७ दसमलव चार प्रतिशतले कमी आएकोे छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।  निर्याततर्पm सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।

आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।
चालुु आवको छ महिनामा कुल वस्तु व्यापार घाटा पाँच दसमलव आठ प्रतिशतले घटी छ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा छ दसमालव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दसमलव दुुई प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दसमलव दुुई प्रतिशत रहेको थियो ।