आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सिटिजन लाइफको बीमा शुल्क आर्जन ह्वात्तै बढ्यो

आइतबार, माघ २५ २०७७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३७ लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ।

कम्पनीको आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ७३।२६ प्रतिशतले बढी हो।

अघिल्लो वर्षको यही अवधिमा बीमा शुल्क आर्जन ७९ करोड ३६ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय १००।४४ प्रतिशतले बढाएर १२ करोड १७ लाख रुपैयाँ पुर्याएको छ।

अघिल्लो वर्ष यस्तो आय ६ करोड ७ लाख रुपैयाँमा सीमित थियो। 

यसैगरी अघिल्लो वर्षको यही अवधिसम्म बीमालेखको धितोमा कर्जाबाट हुने आय १७ लाख ८६ हजार रुपैयाँ रहेकोमा बढेर ५६ लाख ४५ हजार रुपैयाँ पुगेको छ। 

यो अवधिमा कम्पनीले २३ करोड ८५ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी ३ करोड ३५ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च २७ करोड २७ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १९ करोड ८५ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढएर २ अर्ब ३९ करोड पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषको आकार १ अर्ब ४ करोडमा सीमित थियो। 

अघिल्लो वर्षको यही अवधिसम्म ४२ करोड १ लाख रुपैयाँको जगेडा तथा कोषको आकार बढेर ७२ करोड ८० लाख रुपैयाँमा पुगेको छ।

यसैगरी महाविपत्ति जगेडाको आकार ४ करोड ५२ लाख रुपैयाँबाट बढेर ६ करोड ८४ लाख रुपैयाँ पुगेको छ। 

दोस्रो त्रैमासमा कम्पनीको नाफा ९।८० प्रतिशतले बढेर ११ करोड १ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा १० करोड ३ लाख रुपैयाँ रहेको थियो।