आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

राष्ट्र बैंकले माघ २७ बाट २ अर्बको ‘नागरिक बचतपत्र’ बिक्री गर्दै 

आइतबार, माघ २५ २०७७

काठमाडौं । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले यही माघ २७ गतेबाट नागरिक बचतपत्र–२०८२ ‘क’ बिक्री गर्ने भएको छ। 

केन्द्रीय बैंकले रु २ अर्बको बचतपत्र बिक्री गर्न लागेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्।

यो बचतपत्रमा लगानीकर्ताहरुले ९ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा गरिने राष्ट्र बैंकले जनाएको छ। 

लगानीकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सक्नेछन्।

यो बचतपत्र धितो राखी केन्द्रीय बैंकबाहेक अन्य बंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ। 

यो बचतपत्रको निष्कासन २०७७ फागुन २५ गते हुनेछ भने साँवा भुक्तानी २०८२ फागुन २५ गते हुनेछ। 

आवेदन फाराम बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयबाट निःशुल्क पाउन र बुझाउन सकिनेछ।

फाराम केन्द्रीय बैंकको वेबसाइटबाट डाउन लोड पनि गर्न सकिनेछ। 

यो बचतपत्रमा आउँदो फागुन १८ गतेसम्म खरिद आवेदन पेस गर्न सकिनेछ।