ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका ४ साँवास्थित बाटोबाट १ थान पेस्तोल बिहीबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा झै झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साँवाबाट खटिएको प्रहरीले घटनास्थलबाट उक्त पेस्तोल फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।