आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रभुु क्यापिटलको एट टुु एट सेवाू सञ्चालनमा

शनिबार, माघ २४ २०७७

काठमाडौ, प्रभुु क्यापिटलको एट टुु एट सेवाू सञ्चालनमा आएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई नियमित कार्यालय समय बाहेक विहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खाता सम्बन्धी सेवा प्रदान गरी डिम्याट खाता सम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने अभिप्रायले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिनबाहेक हरेक दिन लागू हुनेगरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सेवा सुरु गर्न लागेको हो ।  
विहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजे सम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म एट टुु एट सेवा सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ । यस अन्र्तगत ग्राहकहरुले डिम्याट खाता खोल्ने, मेरो शेयर खाता खोल्ने, डिम्याट र मेरो शेयर खाता नविकरण गर्ने, मेरो शेयरको पासवर्ड रिसेट गर्ने, भौतिक शेयरलाई अभौतिकीकरण कार्य गर्ने, बैंक खाता लगायत डिम्याटका विवरणहरु अद्यावधिक गर्ने, राफसाफको लागि डिआईएस लिने, शेयर रोक्का राख्ने कार्य, आदि गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।