बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज सुनचाँदीको भाउ बढ्यो

सोमबार, माघ १९ २०७७

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ।

यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार १०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार पनि सुनको भाउ १०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९२ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामै ८० रुपैयाँ बढेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार ४०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार पनि चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेर १ हजार ३२० रुपैयाँ कायम भएको थियो।