सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बागमती प्रदेशसभा बैठक बोलाउन माग गर्दै प्रचण्ड–माधव समूहको प्रदर्शन

सोमबार, माघ १९ २०७७

हेटौंडा । बागमती प्रदेशसभाको बैठक बोलाउन माग गर्दै नेकपा प्रचण्ड–माधव समूहले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएर प्रदर्शन गरेको छ ।

आज बस्ने तय भएको बैठक अकस्मात र विनाकारण स्थगित गरिएको विरोधमा प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका हुन् ।

उनीहरूले ‘अल्पमतको सरकार नाराबाजी दे’ भन्दै नारा लगाएका छन् ।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने तयारी थियो ।

तर, सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति बैठक फागुन पहिलो सातासम्मका लागि स्थगित भएको सूचना जारी गरेका थिए ।

प्रचण्ड–माधव समूहबाट संसदीय दलको नेता बनाइएकी नेतृ अष्टलक्ष्मी शाक्यले आज पत्रकार सम्मेलन गर्दै अविश्वासको प्रस्ताव पारित हुने डर र आशंकाले सभामुखलाई प्रयोग गरिएको र सभामुख पनि अल्पमतको सरकारको लाचार छाया बनेको टिप्पणी गरिन् । उनले तत्काल प्रदेशसभाको बैठक बोलाउन माग गरेकी छन् ।