आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बिकास निर्माणका लागि रकम जुटाउन राष्ट्र बैकले १० अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्दै

सोमबार, माघ १९ २०७७

 

काठमाडौं  । बिकास निर्माणका लागि आवश्यक पर्ने रकम जुटाउन सरकारले आन्तरिक तथा बाह्य ऋण उठाउँछ । यसैअनुरुप नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ बराबरको बिकास ऋणपत्र  बिक्री गर्न लागेको छ ।

छ बर्षे अवधिको बिकास ऋणपत्र २०८३ “ग”  मंगलबार जारी गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ । दोस्रो बजारमा समेत खरिद बिक्री हुने गरि राष्ट्र बैकले ऋण उठाउने यो उपकरण जारी गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुनेछ । साथै आर्जित व्याजदरमा व्याजकर भने लाग्ने राष्ट्र बैंकले जारी गरेको सुचनामा उल्लेख छ ।

ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यही माघ २० गते अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ ।

खरीद गर्न पाउने सीमा निम्नतम पचास हजार र अधिकतममा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने छ । 

राष्ट्र बैकका अनुसार ऋणपत्र खरीदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यि बाहेकका बाँणिज्य बैंक, बिकास बंैक र फाईनान्स कम्पनीहरुले भने अप्रतिस्पर्र्धीकोरुपमा भाग लिन पाउने छैनन् । 

प्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडिदुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ भने अप्रतिस्पर्धी बोलवालाले खरीद गर्न चाहेको रकम मात्र उल्लेख गर्नु पर्नेछ ।

 

निष्काशन मिती २०७७ माघ २१ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि बिसं २०८३ माघ २१ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ । इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

 बिक्री गरिने कुुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ । राष्ट्र बैकका अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । 

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकम भन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जानकारी समेत राष्ट्र बैंकले गरेको छ ।