काठमाडौं । नेपाली सेनाको बख्तरबन्द गाडीलाइ साेमबार सडकमा निकालिदैछ ।सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति निकालिने गाडीले चक्रपथ परिक्रमा गर्नेछ । नियमित अभ्यास योजनाअनुसार काठमाडौंको चक्रपथमा चक्कर लगाउन लागिएको हो ।
त्यस्तै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ ।सेनाले आवश्यकताअनुसार समय समयमा यस्तो अभ्यास गर्दै आएको निर्देशनालयले जनाएको छ ।निर्देशनालयले सूचना जारी गर्दै नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक शंका नगर्न र त्रसित नहुन भनेको छ ।
