नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा विघटनको विरोधमा आवाज नउठाए इतिहासले सराप्ने वताएका उनले तर, पार्टीका केही नेताका कारण सिंगो नेपाली कांग्रेसमाथि नै प्रश्न उठिरहेको बताएका छन् । केही अवसरवादी कांग्रेसका कारण संसद् विघटनविरुद्ध ठोस रुपमा उभिन नसकिएको उनले स्विकारे। ‘केही लड्डु कांग्रेसहरु मैदानमा आउनुभएको छ। यो हातमा पनि लड्डु त्यो हातमा पनि लड्डु। लड्डु कांग्रेसको कारणले गर्दा आज कांग्रेसमाथि प्रश्न उठेको छ,’–उनले भने।
शुक्रबार काठमाडौंको रत्नपार्कमा आयोजित विरोध सभामा वोल्दै नेता थापाले अवसरवादी कांग्रेसीका कारण आफु माथि नै प्रश्न उठन सक्ने अवस्था आएको वताए । ‘इतिहासले हामीलाई पनि प्रश्न गर्नेछ, त्यो बेलामा नेपाली कांग्रेस के गरिरहेको थियो भनेर प्रश्न गर्नेछ’ थापाले भने–‘त्यो बेलामा नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक हो भनेर उभिएर बसेको थियो भनेर भनेर भन्न पाउँनेछ। तर, भन्न पाउने हक र अधिकारलाई हाम्रै केही साथीहरुले अलमल्याई दिनु भएको छ।’
प्रतिनिधिसभा विघटनप्रति पार्टीले सशक्त आन्दोलन गर्नुपर्नेमा अलमल गरेको भन्दै थापाले घुमारउने रुपमा सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध जनाएका हुन्। पार्टीमा संस्थापन इतर पक्षले पुनःस्थापनाको पक्षमा सडक आन्दोलनलाई व्यापक बनाउनुपर्ने बताए पनि सभापति देउवा त्यसका लागि तयार भएका छैनन्। उनले चुनवामै ध्यान केन्द्र्रित गर्नुपर्ने पार्टीका नेताहरुसँग बताउँदै आएका छन्।
नेता थापाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर सर्वोच्च अदालतले गर्ने विश्वास व्यक्त गरे। ‘प्रधानमन्त्री ओलीको निर्णय असंवैधानिक हो। संविधान बनाउने बेला अदालतको सम्मान कांग्रेसले राखेको थियो। संसद मातहत अदालत राख्ने कम्युनिष्टको प्रस्ताव अस्वीकार गरेको थियो। अब अदालतले संविधानको सम्मान गरोस्, थापाले भने।