पर्सा जिल्लाको पर्सागढी नगरपालिका ४ स्थित पर्सागढीबाट माघ १६ गते एपीएफ टोलीले करीव एक लाख ४९ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । ना १ त २८७४ नम्बरको ट्याक्टरमा बालुवा भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको करीव ४३ क्यूफिट सालको गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला एपीएफ टोलीले काठ ल्याउन प्रयोग भएको उक्त ट्याक्टर समेत बरामद गरेको छ । बरामद काठ तथा ट्याक्टर सव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको छ ।