आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैकिङ प्रणालीमा १० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

शनिबार, माघ १७ २०७७

काठमाडौ, नेपाल राष्ट्र बैंकले १० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार तीन सय ६५ दिने मुुद्धती निक्षेपकोरुपमा २०७७ फागुन दुुई गतेदेखि बिसं २०७८ फागुन एक गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो । 
यसरी राखिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि आठ करोड ३९ लाख, बिकास बैंकहरुको लागि एक करोड ५७ लाख र फाईनान्स कम्पनीहरुको लागि ५२ लाख रुपैयाँ छुुट्याईएको छ । राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही माघ २० गते अपरान्ह दुुई बजेसम्म आवेदन दिनुुपर्ने छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुुनुपर्ने लगायतका प्रावधानहरु तोकिएकाछन ।