बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवस्था बिग्रेका संस्थालाई गाभेर राम्रो बैंक बनाउनमा भट्टचन र शेरचन १ नम्बर !

शुक्रबार, माघ १६ २०७७

काठमाडौं । कुनै पनि संस्थालाई राम्रोसंग चलाउनको लागि त्यो संस्थामा संलग्न सञ्चालक एवं व्यवस्थापन समितीको निकै ठुलो हात रहेको छ ।

सञ्चालक एवं व्यवस्थापन समिती चुुस्त दुरुस्त भएमा संस्था बित्तीयरुपमा निकै नै सवल र सक्षम हुुन्छ । संस्थाप्रति आमनागरिकको बिश्वास पनि त्यति कै बलियो हुन्छ ।

यसको निकै बलियो उदाहरण प्रभुु बैंक हो, प्रभुु बैंकका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचन र बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सिंगो प्रभुु बैंक कर्मचारी संयन्त्र, आम सेयरधनी, लगानी कर्ता एवं ग्राहकहरुको सामुहिक प्रयास कै कारण प्रभुु बैंकले यो व्यवसायीक उचाई हासिंल गरेको हो । 

प्रभुु बैंकको यो व्यवसायीक उचाई हासिंल गर्नुुमा भट्टचन र शेरचनको निकै नै ठुुलो भुुमिका र साहस रहेको छ । कुनै बेला सानो फाईनान्स कम्पनीकोरुमा रहेको प्रभुुले बिकास बैंक हुुदै आधा दर्जन बैंक तथा फाईनान्स कम्पनीहरुलाई आफुुमा गाभ्यो ।

त्यसमध्ये धेरै संस्थाहरु निकै नै खराव अवस्थामा रहेका संस्थाहरु समेत थिए । तर ति सबै संस्थाहरुलाई गाभेर पनि भट्टचन र शेरचनले बैंकलाई नयाँ उचाई दिएकाछन ।

कसैले कल्पनै गरेका थिएनन् होला तत्कालीन समयमा खराव अवस्था भएको किष्ट बैंक, ग्राण्ड बैंक समेतलाई आफुुमा गाभेर प्रभुु बैकले यो व्यवसायीक उचाई हाँसिल गर्छ भनेर ।

अहिले पनि तत्कालीन किष्ट बैंक घोटाला प्रकरणमा जोडिएको केही व्यक्तिहरु जेल संजाए भोगिरहेकाछन । उनीहरुले पनि सायद प्रभुु बैंकको यो उचाई कल्पना गरेका थिएनन, होला । 

खैर जे होस प्रभु बैंक अहिले २७ वटा बाँणिज्य बैंकहरुको भिडमा पाँच वटा ठुुला बैंकहरुमा दर्ज भएको छ । यो दर्ज गराउने व्यक्ति भनेका भट्टचन र शेरचन नै हुुन ।  

बैकको बित्तीय अवस्था पनि निकै नै लोभलाग्दो रहेको छ । बिश्वव्यापीरुपमा फैलिएको कोभिड १९ का कारण बैंकहरुको निक्षेप तथा कर्जा दुुबैमा संकुुचन आएको अवस्थामा पनि प्रभुुको निष्क्रिय कर्जा घटेको छ भने खुुद मुनाफा बढेको छ ।

यसले गर्दा बैंकको बित्तीय अवस्था निकै नै सवल देखिएको छ । बैकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधि अर्थात पछिल्लो छ महिनामा एक अर्ब ५१ करोड ८६ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब आठ करोड ५७ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासमा एक खर्ब ६२ अर्ब दुुई करोड ४८ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २६ अर्ब पाँच करोड ७४ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुुई अर्ब ६९ करोड ६० लाख २५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दसमलव छ प्रतिसत कर्जा मात्र निष्क्रिय रहेको छ ।

यस अवधिमा स्प्रेड दर तीन दसमलव ६४ प्रतिसत रहेको बैंकको बितरणयोेग्य नाफा भने ९९ करोड ९८ लाख पाँच हजार रुपैयाँ रहेको थियो । 

गत आवको सोही अवधिमा भने बैकले एक खर्ब २८ अर्ब ७४ करोड सात लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड ७७ लाख २४ हजार कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा दुुई अर्ब ४५ करोड ७१ लाख ६३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दसमलव १२ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ८३ प्रतिसत रहेको थियो ।