बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

तास खेलिरहेको अवस्थामा पक्राउ    

शुक्रबार, माघ १६ २०७७

ललितपुर महानगरपालिका २६ सिमाखुस्थित खोटाङ मजुवागढी घर भई हाल सोही ठाउँ बस्ने ४० वर्षीया शर्मिला राईको  टहरामा तास खेलिरहेका अवस्थामा राई लगायत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ४२ हजार ८ सय ७० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।