बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सिभिल बैंकको दोस्रो त्रैमासिक नाफा २० करोड २८ लाख 

बिहिबार, माघ १५ २०७७

काठमाडौं । सिभिल बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा २० करोड २८ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३१ करोड ६२ लाख ४७ हजार रुपैयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी आठ अर्ब ३३ लाख ९० हजार रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ७६ अर्ब ८४ करोड छ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब ८३ करोड १४ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

सो अवधिमा ९३ करोड ४५ लाख सात हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा एक दसमलव ७० प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।

 तीन दसमलव ४१ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने यस अवधिमा नौ करोड ६४ लाख ३५ हजार रुपैयाँ रहेको छ ।  

गत आवको सोही अवधिमा भने बैंकले ५७ अर्ब ५१ करोड २४ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब २० करोड ४२ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।  

उक्त अवधिमा एक अर्ब १९ करोड २८ लाख ८२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दसमलव ६९ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ९० प्रतिसत रहेको थियो ।