आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

हिमालयन बैंकको ६ महिनाको नाफा ६५ करोड ३२ लाख

बिहिबार, माघ १५ २०७७

काठमाडौं । हिमालयन बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ६५ करोड ३२ लाख ६७ हजार नौ सय ९५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ७४ करोड २४ लाख छ हजार चार सय ७६ रुपैयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी १० अर्ब ६८ करोड ४० लाख रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब २९ अर्ब ९२ करोड १७ लाख ३३ हजार नौ सय ४४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब नौ अर्ब ७७ लाख चार हजार रुपैयाँ ९३ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब ७५ करोड ९७ लाख नौ हजार सात सय २८ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दसमलव १३ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । 

सो अवधिमा तीन दसमलव ७८ प्रतिसत स्प्रेड दर रहेको बैकको बितरणयोग्य नाफा भने ३९ करोड १३ लाख ३४ हजार तीन सय ६४ रुपैयाँ रहेको छ । 
 
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २५ अर्ब २६ करोड ४३ लाख ८१ हजार छ सय ९० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ७२ करोड ८४ लाख ६७ हजार एक सय ६४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

उक्त अवधिमा दुई अर्ब ५७ करोड ८० लाख ६० हजार एक सय ५७ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव २८ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव ३२ प्रतिसत रहेको थियो ।