काठमाडौं । प्रभुु बैंकको बित्तीय अवस्था निकै नै सवल देखिएको छ । बिश्वव्यापीरुपमा फैलिएको कोभिड १९ का कारण बैंकहरुको निक्षेप तथा कर्जा दुुबैमा संकुुचन आएको अवस्थामा पनि प्रभुुको निष्क्रिय कर्जा घटेको छ भने खुुद मुनाफा बढेको छ ।
यसले गर्दा बैंकको बित्तीय अवस्था निकै नै सवल देखिएको छ । बैकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधि अर्थात पछिल्लो छ महिनामा एक अर्ब ५१ करोड ८६ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब आठ करोड ५७ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासमा एक खर्ब ६२ अर्ब दुुई करोड ४८ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २६ अर्ब पाँच करोड ७४ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुुई अर्ब ६९ करोड ६० लाख २५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दसमलव छ प्रतिसत कर्जा मात्र निष्क्रिय रहेको छ ।
यस अवधिमा स्प्रेड दर तीन दसमलव ६४ प्रतिसत रहेको बैंकको बितरणयोेग्य नाफा भने ९९ करोड ९८ लाख पाँच हजार रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैकले एक खर्ब २८ अर्ब ७४ करोड सात लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ३९ करोड ७७ लाख २४ हजार कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा दुुई अर्ब ४५ करोड ७१ लाख ६३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दसमलव १२ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ८३ प्रतिसत रहेको थियो ।