सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

राजीनामा दिएको भए केपी ओलीको इज्जत बढ्थ्योः  बामदेव गौतम 

बुधबार, माघ १४ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने बताएका छन् ।

बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उनले भने ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ?’

संसद विघटनले नेपालको संस्कृति नै ध्वस्त भएको उनले बताए । ‘जहाँ हामी जान खोजेको सभ्यता थियो, त्योबाट हामी धेरै तल झर्‍यौं’ गौतमले भने ।

पार्टी फुटेकामा नेपाली कांग्रेसलगायतका अन्य दलहरु पनि खुशी नभएको गौतमले बताए । नेता गौतमले आफूहरुले नयाँ पार्टी बनाउन नलागेको बताए । तर आफ्नो अभियानमा धेरैले साथ दिने उनले जिकिर गरे । ‘६ महिनामा काठमाडौंमा बस्न नसक्ने गरी जनता जुटाउन सक्छु, त्यो शक्ति निर्माण हुँदैछ’ उनले भने ।

गौतमले प्रचण्ड र केपी ओलीतिर भएका कार्यकर्ता एकता अभियानतिर ल्याएपछि पार्टी एकता भएरै छाड्ने जिकिर गरे ।

‘पार्टी एकता हुँदै भएन भने के गर्ने रु भन्ने पनि साथीहरुको जिज्ञासा छ’ उनले भने ‘हुँदै भएन भने तयतिबेला हाम्रो केन्द्रीय कमिटी बसेर निर्णय गरौंला ।’

पार्टीमा ठूला नेता विभाजित भए पनि दोस्रो र तेस्रो पुस्ताका नेताहरु अत्यन्त चिन्तित रहेको गौतमले बताए ।