आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैंकहरुबाट निक्षेप घट्न थाल्यो, कर्जा बढ्न थाल्यो

बुधबार, माघ १४ २०७७

काठमाडौं । महामारीका कारण कर्जा बिस्तार हुन नसकेपछि बैंकहरुमा लामो समय रकम थुप्रिएर बस्यो । लामो समयसम्म कर्जाको बृद्धि नै हुन सकेन भने निक्षेपमा भारी बृद्धि भयो । जसका कारण गत वर्षसम्म कसरी निक्षेप संकलन गर्ने भन्ने चटारोमा रहने बंैंकहरु यो वर्ष कसरी निक्षेपलाई निरुत्साहन गर्ने भनेर लागे । तर अहिले भने परिस्थिती बदलिएको छ।

माघ लागेसँगैं बैंकहरुबाट कर्जा प्रवाह बढेको छ । यता निक्षेपमा भने कमि आएको छ । अब भने यसले केहि हदसम्म भएपनि अधिक तरलताको स्थित हल हुने देखिएको छ ।

नेपाल बैंकर्स संघका अनुसार अहिले बैंकहरुसँग निक्षेप ३७ खर्ब ६९ अर्ब छ । जबकी  माघ २ गते निक्षेप ३७ खर्ब ७९ अर्ब थियो । यसरी हेर्दा दुई सातामा निक्षेप १० अर्ब ले किम आएको छ। अझ पुष मसान्तमा त बैंकहरुको यस्तो निक्षेप ३७ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो ।

यसरी हेर्दा माघमा मात्रै बैकहरुको निक्षेप १३ अर्बले कम भएको छ । यता निक्षेपमा कमि आउँदा बैंकहरुको लगानीमा भने बिस्तार भएको छ । माघको दोस्रो साता ऋण ११ अर्बले बढेको छ ।

पुष मसान्तमा ३२ खर्ब ४४ अर्ब रहेको बैंकहरुको कर्जा अहिले करिब ३ अर्बले बढेर ३२  खर्ब ४७ अर्ब पुगेको छ । अर्थात पुष मसान्तको तुलनामा ३ अर्ब रकम बढि कर्जा प्रवाह भएको छ ।

तर माघको पहिलो साताको तुलनामा भने यस्तो कर्जा लगानी ११ अर्बले बढेको बैंकर्स संघ बताउँछ।

पछिल्लो समय« साना तथा मझौला क्षेत्रमा कर्जा तथा  लगानीको माग बढेको छ।

दशैका बेलामा कैयनले बचत गरेर राखेको रकम घरखर्च चलाउनका  लागि समेत निकालेका थिए । जसका कारण केहि निक्षेपमा कमि आएको थियो ।