सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सूर्य चिन्ह हाम्रो हो, ओलीले चुनाव ‘बयलगाडा’ राखुन् 

मंगलबार, माघ १३ २०७७

नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भस्मासुर’को संज्ञा दिएका छन् । पाँचथरको फिदिममा कार्यकर्ता प्रशिक्षणमा उनले ओलीकै कारण देश आक्रन्त भएको आरोप लगाएका हुन् ।

‘केपी ओलीले चुनाव चिन्ह बयलगाडा राखुन् । सूर्य चुनाव चिन्ह हाम्रो हो ।’ नेपालले ओलीलाई कटाक्ष गर्दै भने, ‘उहाँ बा भनेको सुन्न चाहानुहुन्छ, कम्रेड भनेको सुन्न चाहानु हुन्न । लालसलाम उहाँले सुन्न चाहानु हुन्न । सिद्धान्तबाट विचलन भएका छन् ।’

संसद विघटनको कदम असंवैधानिक भएको बताउँदै उनले ओलीको यस कदमविरुद्ध सबै जुट्नु आवश्यक रहेको बताए । उनले ओली जालझेल र षड्यन्त्र रच्न सिपालु रहेको बताए ।‘केपी ओली जाली झेली मान्छे हुन् ।

उनको जस्तो जालझेल गर्न प्रचण्ड र मैले सक्दैनौँ । साइवरसेना बनाउने, अरिङ्गाल भन्नु भन्दै हिडेका छन् । कस्ता–कस्ता तानाशाहीको सामाना गरेर आयौँ । हामी डराउदैनौँ’, नेपालले भने ‘केपीओलीमा निरङकुश शासकको चरित्र छ । जबज बारे केपीओलीलाई केहि थाहा छैन् ।

उहाँले नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम लिन पाउनु हुन्न । ओलीमा कम्युनिस्ट सोच नै छैन् ।’ प्रशिक्षण कार्यक्रममा बोल्दै नेता जनार्दन शर्माले केपीओली प्रवृत्ति विरुद्ध लड्नु परेको बताए । उनले कम्यनिस्ट आन्दोललाई पुनर गठन गरेर अघि बढ्नु पर्ने बताएका थिए ।