बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

मंगलबार, माघ १३ २०७७

५५ वर्षीया महिलालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा माप्यदुधकोशी गाउँपालिका ६ वाप्सा बस्ने ७३ वर्षीय सिह बहादुर रेग्मी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
घाँसको बिषयमा विवाद हुँदा मगरले ती महिलालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वाकुमाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते महिलालाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी वाकु पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।