आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पाल्पाको हुमिनमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा बिस्तार

मंगलबार, माघ १३ २०७७

 

ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यो शाखारहित बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४५ पुगेको छ।

बैंकले पाल्पा जिल्लाको रम्भा गाउँपालिका वडा नं। ४ हुमिनमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन वडाअध्यक्ष भोजबहादुर विकले गरेका छन्। उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधि विष्णुबहादुर बोम्रेललाई नियुक्त गरिएको छ। 

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, एनटीसी, एनसेल, डिस होम, सीडीएमए र यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन्।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि ती स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरिएको बैंकले जनाएको छ। 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जालसहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सम्पर्क कार्यालयमार्फत आफ्ना २२ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।