काठमाडौं । नेपाल बंगलादेश बैंकले चालुु आर्थिक बर्षको छ महिना अर्थात दोस्रो त्रैमासिक अवधिमा ९४ करोड १२ लाख ५५ हजार नौ सय ९१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ८० करोड ७७ लाख ७७ हजार छ सय नौ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी आठ अर्ब ४९ करोड ५८ लाख १४ हजार दुुई सय ९५ रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ७० अर्ब आठ करोड ९७ लाख ९८ हजार आठ सय ९८ रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ९२ करोड ६७ लाख ७८ हजार चार सय ४९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब २४ करोड ६६ लाख ६५ हजार आठ सय ४६ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको बितरणयोग्य नाफा भने ४६ करोड सात लाख ७३ हजार आठ सय नौ रुपैयाँ रहेको छ । यस अवधिमा दुुई दसमलव ३७ प्रतिसत कर्जा निष्क्रिय रहेको बैंकको स्प्रेड दर भने चार दसमलव १९ प्रतिसत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ६६ अर्ब ४३ करोड ५० लाख ५४ हजार चार सय २३ रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब १० करोड ८५ लाख ३७ हजार नौ सय १६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३५ करोड ५२ लाख ४१ हजार छ सय १८ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ९२ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ८० प्रतिसत रहेको थियो ।