बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मोदेर्नाकाे खोप नयाँ स्वरुपमा पनि प्रभावकारी

मंगलबार, माघ १३ २०७७

अमेरिकी कम्पनी मोदेर्नाले उत्पादन गरेको खोप कोरोना भाइरसको रुपान्तरित नयाँ स्वरुपमा पनि प्रभावकारी हुने देखिएको छ।

पहिलोपटक बेलायत तथा दक्षिण अफ्रिकामा देखिएर विश्वका विभिन्न क्षेत्रमा फैलिइसकेको परिवर्तित स्वरुपको नयाँ कोरोना भाइरसविरुद्ध मोदेर्नाको खोपले काम गर्ने देखिएको हो।

खोपले उत्पादन गर्ने एन्टीबडीले कोरोनाको नयाँ स्वरुपसँग पनि लड्ने क्षमता विकास भएको प्रयोगशालामा भएको प्रारम्भिक परीक्षणमा देखिएको हो।

यसलाई थप पुष्टि गर्नका लागि बिस्तारित अनुसन्धानको खाँचो रहेको वैज्ञानिकले बताएका छन्।

कोरोनाको नयाँ प्रकार विश्वका विभिन्न देशमा तीव्र गतिमा फैलिरहेको छ।

अहिले महामारीको रुप लिएको कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गरेको हो। नयाँ प्रकारको भाइरस साबिकको भन्दा ७० प्रतिशत बढि संक्रामक रहेको विज्ञले बताएका छन्।