काठमाडौं, शरीर बन्धक बनाई जबरजस्ती करणी र डाँका कसूरका फरार अभियुक्त सिन्धुपाल्चोक जुगल गाउँपालिका(४ गुन्टे गाँउ ठेगाना भएका कैलाश भन्ने २४ वर्षीय रोहन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७७ असोज १५ गते एक महिलालाई घर पुर्याकई दिने भनी मोटरसाइकलमा राखी लिएर गएकोमा घरतर्फ नलगी अपहरण तथा शरीर बन्धक गरी सिन्धुपाल्चोक जुगल गाउँपालिका(४ स्थित मान्जे भन्ने ठाउँमा लगेर रोहन समेतका प्रतिवादीहरूले उनलाई जबरजस्ती करणी गरी लगाएको गहना समेत लुटपाट एवं डाँका गरी घटना पश्चात फरार भएका थिए ।
अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट रोहनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाएको उक्त महाशाखाले जनाएको छ ।