बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेयर लगानीकर्ता बैंकहरुको प्रमुख रोजाइमा, ३४ प्रतिशतले सेयरमा लगानी बढ्यो

सोमबार, माघ १२ २०७७

काठमाडौं । गत वर्षसम्म खासै प्राथमिकतामा नपर्ने सेयरलगानीकर्ताहरु अहिले बैंकहरुको प्राथमिकतामा पर्न थालेका छन् । अन्य क्षेत्रका लगानीकर्ता लगानीका लागि पर्ख र हेरको अवस्थामा रहेपछि अहिले बैंकहरुले अहिले सेयरलगानीकर्तालाई ऋण लिन फोन गरेरै बोलाउन  थालेका छन्  ।

जसका कारण बैंकहरुको सेयरमा जाने कर्जा समेत गत वर्ष भन्दा ३४ प्रतिशत बढि गएको छ। क्षेत्रगत रुपमा हेर्दा अहिले कर्जा लगानी बिस्तार बैंकहरुको सेयरम सबैभन्दा उच्च छ।  राष्ट बैंकले  समेत यो वर्ष त सेयर कर्जालाई  प्राथमिकतामा नै राखेको छ । जसका कारण  पनि यो क्षेत्रमा कर्जा बढ्न गएको हो ।

नेपाल राष्ट्र बैंकले  यो वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा पनि बढाएको छ । नयाँ व्यवस्थाअनुसार सेयर धितो राखी प्रवाह हुने कर्जामा वित्तीय संस्थाले धितोको ७० प्रतिशतसम्म प्रदान गर्न पाउँछन् ।  यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो । 

बैंकहरुले सेयरमा कर्जा प्रवाह गर्न पाउने सिमा बढेकाले  पनि केहि हदसम्म बैंकहरुको यस्तो क्षेत्रमा  लगानी बढेको मान्न सकिन्छ । 

 राष्ट्र बैंकका अनुसार अहिलेसम्म बैंकहरुले सेयर धितो राखेर मार्जिन प्रकृतिका लोन करिब ६७ अर्ब बराबरको प्रदान गरेका छन् । कात्तिक सम्म ६१ अर्ब लगानी गरेका बैंकहरुर्र्ले एक महिनामै यस्तो  लगानी १० दशमलव छ सात प्रतिशतले बढाएर ६७ अर्ब पुराएका छन् । 

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये मंसिरसम्म आवधिक कर्जा ७.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६.८ प्रतिशतले र  डिमान्ड तथा चालु पुँजी कर्जा ९.९ प्रतिशतले बढेको छ । त्यस्तै  रियल स्टेट कर्जा २.६ प्रतिशतले,  ट्रष्ट रिसि

ट (आयात) कर्जा १.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ३.३ प्रतिशतले घटेको छ । तर यहि समयमा सेयर कर्जा भने ३४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

 सेयर क्षेत्रतर्फ  प्रवाह  गर्ने कर्जा बढेका बेलामा बैकहरुले यस्तो क्षेत्रको ऋणमा दिने ब्याज भने घटाएका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सेयर कर्जाको ब्याजदर करिब ५० प्रतिशत घटेको बैंकरहरु बताउँछन् । 

अहिले बैंक तथा वित्तीय संस्थाले सेयरमा प्रवाह गर्ने कर्जा करिब ७ देखि ९ प्रतिशतमा दिन्छन् । जबकी गत वर्ष यही  कर्जा १३ देखि १५ प्रतिशतको हाराहारीमा थियो । सेयर कर्जाको ब्याजदर लगभग पाँच वर्षयताकै कम भएको  छ । अन्य क्षेत्र तर्र्फको मत्रै होइन, बैंकमा  लगानीयोग्य रकम थुप्रिएपछि बैंकहरुले सेयरमा जाने कर्जाको ब्याज समेत घटाएका छन् । साथै अन्य क्षेत्रमा भन्दा यसमा सहजै ऋण गएपछि बैकहरुको पछिल्लो समय यस्तो क्षेत्रमा आकर्र्षण बढेको छ । 

अहिले बैंकहरुले सेयर लगानीकर्तालाई फोन गरेरै यस्तो कर्जा लिन आग्रह गर्र्ने गरेका छन् । यसअघि २०७२ सालको भूकम्प र नाकाबन्दीका बेलामा बैंकहरुको सेयरमा लगानी बढेको थियो  यसपछि फेरी करिब ५ वर्ष पछि बैंकहरुको लगानी  सेयरमा सोझिर्एको छ ।