बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ

सोमबार, माघ १२ २०७७

काठमाडौं- कास्कीको पोखरा महानगरपालिका ५ जिरो किलोबाट अवैध लागूऔषध ४ किलो गाँजा सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका १ बगर बस्ने कपिलवस्तु बिजयनगर गाउँपालिका १ घर भएका २२ वर्षीय अर्जुन घर्ती मगर र स्याङ्जा पुतली बजार नगरपालिका १४ घर भएका २२ वर्षीय सफल ढकाल रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  
कञ्चनपुरको भिमदत्त नगरपालिका ९ तुमनाडीबाट ७ ग्राम ४ सय ९० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका १० सुकासाल बस्ने ३५ वर्षीय बिनोद चन्द र सोही नगरपालिका ५ बस्ने २४ वर्षीय सुवाश लुहार रहेका छन् । लागूऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सीमा प्रहरी चौकी ब्रह्रमदेवबाट खटिएको प्रहरीले उनीहरूलाई प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।