बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

आइतबार, माघ ११ २०७७

काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको उक्त पक्षको सचिवालयको बैठकले आइतबार दिउँसो १२ः३० बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको जनाएका छन्।

शुक्रबार राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गरेको उक्त पक्षले बैठकबाट थप संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ। गत पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपाले निरन्तर जनपरिचालनलगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ।