काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको १४ वर्षको जेल र झापाको आन्दोलनको गफमात्र भएको बताए। सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेपालले ओली संविधान जारी गर्ने बेलामा समेत तयार नभएको आरोप लगाए। ‘गणतन्त्रको अपनत्व केपी ओलीले राख्न सक्दैनन्। केपी ओलीले गणतन्त्र जन्माएका होइनन्’ उनले भने, ‘गणतन्त्रबारे केपी ओलीले विरोध गरेका हुन् कि होइनन् ? गणतन्त्रमा केही तत्वहरु सल्बलाइरहँदा उनी पनि विरोधी थिए।’
संविधान घोषणा गर्ने बेलामा ओली तयार नभएका र संविधान जारी गर्दा सुशील कोइराला तयार भए पनि ओली तयार नभएका नेपालले आरोप लगाए।
केपी ओलीमा सामूहिकताको भावना नभएको आरोप, गुटवादी प्रवृत्ति भएको र ओली कम्युनिस्ट हुन नसक्ने उनले बताए। उनले सधैं अरुलाई हेप्ने ठूलो ओहोदा पुगेर पनि केपी ओलीले न्याय दिने होइन बरु अत्याचार गरे।
‘केपी ओलीलाई मैले नै प्रधानमन्त्रीलाई सिफारिस गरें। सुध्रिएलान भनेको अहिले पुर्पुरोमा हात लाउनुपर्ने भयो। बांगो कुकुरको पुच्छर सोझो पार्न टिनका टिन तोरीका तेल प्रयोग गरे पनि सोझिएनन्’ उनले भने।
’सानो गुट चलाइरहेका र यही शासन गरेर बस्ने भ्रम पालेर बसेका छन्’ उनले भने ‘संविधानको कुनै धारा उल्लेख नभएको कागज अदालतमा पुगको र यसबाट संविधानअन्तर्गत प्रतिनिधिसभा विघटन गर्न पाइँदैन।’
प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको भन्दै उनले संविधानको धारा धाराबारे चर्चा गरेका थिए।
सुवास नेम्बाङको भिडियोप्रति पनि उनले बोलेका थिए। पटक पटक ओलीको कदम गैर संवैधानिक भएको बताउँदै उनले अदालतले नै यसको टुंगो लगाउने भन्दै केपी ओलीलाई टाटाबाइबाइ गर्ने बताएका छन्।
पार्टीको निर्णय अवज्ञा गरेर तानाशाही बनेका ओलीलाई उनले केपी ओलीको पक्षमा सानो झुण्ड मात्र भएको बताए। उनले भने, केपी ओलीलाई सोध्नुस्, तीन सय बढी कि १ सय बढी ?
अनि यसरी बहुमत नमान्ने मान्छेलाई कसरी स्विकार्ने भन्दै उनले ओलीलाई तानाशाहीको संज्ञा दिँदै उनको पछि लाग्नुपर्छ भन्ने नभएको बताए। देशमा तानाशाहाको कुनै स्थान नभएको भन्दै १४ वर्षको जेल र झापाको आन्दोलनको गफमात्र भएको बताए।
कार्यक्रममा नेपालले केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाउने तयारी भइरहेको बताए। उनले भने,
‘आज ओलीलाई हामी पार्टीको साधारण सदस्यबाट पनि हटाउने कसरतमा छौं। हाम्रा साथी सुरेन्द्र पाण्डे बालुवाटारमा पुगेर चिठी बुझाएका थिए ओलीले स्पष्टीकरण दिने आँट पनि गर्न सकेनन्।’
अत्यधिक ठूलो बहुमत आफूहरुसँग भएको भन्दै उनले ओली अल्पमतमा परिसकेका बताए। गल कुरामा उभिने मान्छे टिक्न नसक्ने अध्यक्ष नेपालले आरोप लगाए।