बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा  पक्राउ  

बिहिबार, माघ ८ २०७७

रुपन्देही । आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुटबल उपमहानगरपालिका ११ मजुवा बस्ने ३३ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

ती बालिकालाई गत बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।