सिराहा । राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले वर्तमान राजनैतिक अन्योल लाऊ सर्वोच्च अदालतले गर्ने उचित निर्णय मार्फत मुलुकलाइ कानुनि र विधि अन्तरगत राजनैतिक रुपमा स्थाइत्व दिने ऐतिहासिक अवसर आएको बताए ।
मुलुकलाइ अध्यारो दिसा तर्फ धकेल्न संविधानमा कतै नभयको धारा प्रयोगगरि प्रम ओली स्वयमले राजनैतिक संकट निम्तायको समेत बताए ।
यहि कारण उत्पन्न दलहरुको अहिले एकअर्का प्रतिको नकारात्मक टिप्पणी लाइ नेपाली जनताले अव नसहने पनि बताए ।
कुसासन, भ्रष्टाचार र राज्यको सम्पत्ति माथिको लुटले मुलुक अस्तव्यस्त भयको वताउदै जनजिविकाको सवै प्रश्नहरु प्रति यतिबेला गौण भएको समेत बताए ।
पार्टीको जिल्ला स्तरिय कार्यकर्ता भेलालाइ सम्वोधन गर्न सिराहा पुगेका अध्यक्ष लोहनीले प्रम ओलीको अधिनायकवादी चिन्तनलाइ तत्काल नियन्त्रणको आवश्कता रहेको बताए ।

मधेशि जनताको हक, अधिकार विवेदको अन्त्यको साथै राज्य व्यवस्थामा समावेशी र समानुपातिक प्रतिनिधित्व को लागि राप्रपा प्रतिवद्द रहेको समेत वताउनु भयको छ।
यस परिवेशमा मुलुकलाइ स्थाइत्व दिन संविधान भित्रको राजसंस्था आजको आवश्यकता रहेको वताउदै राजसंस्था स्थापनार्थ राप्रपा आन्दोलित रहको समेत बताए ।
सिराहा जिल्ला अध्यक्ष सम्भु यादवको सभापतित्वमा सम्पन्न भेलालाइ राप्रपा केन्द्रीय नेताहरु महेशलाल माहासेठ, रामप्रताप साहा, रामचन्द्र राय, श्याम तिमिल्सिना, कृष्ण प्रताप मल्ल, जनकराज पाठक, राजु लोहनी, सत्रुधन माहासेठ लगायत केन्द्रीय नेताहरुले सम्वोधन गरेका थिए ।
सभाअघि जुलुसले नारावाजी गर्दै नगर परिक्रमा समेत गरेको थियो।
