बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३४ औं बार्षिक उत्सव, बैंकको कुल लगानी १ खर्ब ४१ अर्ब पुग्यो

बिहिबार, माघ ८ २०७७

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) ले ३४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बैंकले आज बिहिबार केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअलरुपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो ।

साधारण सभामा आर्थिक वर्ष २०७६/७७ मा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो । 

साधारण सभाको अध्यक्षता गरिरहनु भएका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १८ दसमलव पाँच  प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिए ।

 जसमध्ये १३ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको पाँच दसमलव पाँच प्रतिशत नगद लाभांश प्रदान गरिनेछ ।

बैकले गत आर्थिक बर्षमा तीन अर्ब ५१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा दुुई  अर्ब ४२ करोड रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । 

आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल एक खर्ब ५२ अर्बबाट वृद्धि भइ एक खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी कुल लगानी अघिल्लो वर्षको एक खर्ब २७ अर्बबाट वृद्धि भइ एक खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ । 

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । 

यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।