बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सवारी ज्यान मुद्दाका फरार अपराधी पक्राउ

बिहिबार, माघ ८ २०७७

काठमाडाैँ। सवारी ज्यान मुद्दामा जेल सजाय तोकिएका फरार अपराधी अढाइ वर्षपछि पक्राउ परेका छन् ।

सिन्धुली जिल्ला अदालतले २०७५ जेठ २९ गते सात महिना २० दिन कैद सजाय तोकेका सिन्धुलीको कमलामाई नगरपालिका–८ ठूलडाँडाका ३० वर्षीय पञ्चबहादुर वाइबालाई इलाका प्रहरी कार्यालय भिमानको टोलीले मङ्गलबार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार फरार अपराधी पञ्चबहादुरलाई मङ्गलबार पक्राउ गरी आज सिन्धुली अदालतमा बुझाइएको जानकारी दिनुभयो ।