काठमाडौं । काठमाडौं महानगरपालिका ९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी ५ घर भएका सुदिप चौधरीलाई हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गेरको छ ।
फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पिसिआर रिपोर्ट नक्कली भएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।