सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सरकार चौतर्फ रुपमा असफल, नेपाली पहिचानको निमित्त हिन्दुराष्ट्र आवश्यक: राप्रपा अध्यक्ष लोहनी

बुधबार, माघ ७ २०७७

राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सत्ता लिप्सा र भ्रष्टाचारको कारण देश अराजकतातर्फ धकेलियको बताए । 

उनले सरकार चौतर्फ रुपमा असफल भएको कारण नेपाल अहिले विदेशीहरुको क्रिडास्थल भयको बताए ।

ओली सरकारले संविधानमा कतै नभयको काल्पनिक प्रवाधान प्रयोग गरि विघटन गरेको संसद पुर्णत असंवैधानिक रहेको उल्लेख गर्दै सर्वोच्च अदालत लाइ संविधानको सर्वोच्चता कायम गर्ने ऐतिहासिक अवसर समेत आयको उल्लेख गरेका छन् ।

पार्टीको जिल्ला स्तरिय भेलालाइ सम्वोधन गर्न सप्तरीको राजविराज पुगेका लोहनीले नेपालको राष्ट्रियताको  जग वलियो वनाउन राज्यको विभिन्न अंगमा आदिवासि, जनजाति, दलित, मधेसी र खसआर्यको समानुपातिक उपस्थिति अनिवार्य रहेको वताउदै यस प्रति हालसम्मका स्वघोषित क्रन्तिकारि सरकार हरुको ध्यान नजानु आश्चर्य रहेको बताए ।

साथै डा लोहनीले राष्ट्रिय एकतालाइ वल पुराउन संविधान अन्तरगतको राजसंस्था र नेपाली पहिचानको निमित्त हिन्दुराष्ट्र कायम गर्न संविधानको संसोधन आवश्यक रहेको समेत बताएका छन् ।

जिल्ला स्तरिय सभा सप्तरी अध्यक्ष उमदेश्वर साहाको सभापतित्वमा सम्पन्न भएको छ ।

सभालाइ राप्रपाका नेताहरु रामचन्द्र राय, भोला साहा, श्याम तिमिल्सिना, जनकराज पाठक, राजु लोहनी लगायतले सम्वोधन गरेका थिए ।